२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कुलिङ पिरियडबारे छानबिनका लागि गठित समितिको म्याद थप गरिँदै

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । कुलिङ अफ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिने भएको छ ।

म्याद थप सम्बन्धी प्रस्ताव आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिँदैछ ।

नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा गठित सात सदस्यीय विशेष संसदीय समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २/२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १/१ जना सदस्य छन् ।

२३ असार २०८२ मा गठित समितिमा कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।

नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट