२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

इरानको जेलमा रहेका ५ नेपाली रिहा, नेपाल आइपुगे

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली रिहा भई सकुशल स्वदेश फर्किएका छन्। तेहरानस्थित अदालतको आदेशपछि उनीहरू रिहा भएका हुन्।

उनीहरु गैरकानुनी रूपमा इरान गएकाले पक्राउ परेका थिए । नेपाल सरकारको समन्वय, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहकार्यमा उनीहरूलाई बिहीबार काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायल–इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्वपछिको जटिल अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन, यात्रा सुझाव तथा आवश्यकता अनुसार उद्धारको प्रक्रिया अघि बढाएको थियो।

सोही प्रक्रिया अन्तर्गत उनीहरुको पनि उद्धार भएको हो । नेपाल सरकारले तीन चरणमा यसअघि नौ जना नेपालीहरूलाई पनि सुरक्षित उद्धार गरिसकिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट