काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमा पदको लालसा भएर राजनीतिमा फर्किएको नभई बाँकी जीवन देश र जनताको लागि समर्पित गर्न आएको स्पष्ट पारेकी छिन् ।
बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘विधिसम्वत् तरिकाले पार्टी सदस्यता नविकरण गरिसकेको छु । यसलाई विवादमा पार्नु पर्ने विषय नै होइन । देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय होइन । म भित्र कुनै पदप्रति लालसा, महत्वकांक्षा र आशक्ति छैन किनकी मैले राष्ट्रको सर्वोच्च पदमा पुगेर इतिहासमा नाम दर्ज गरिसकेको छु ।’
उनले आफ्नो मेरो उद्धेश्य भनेको पार्टीको सदस्य बन्ने र पार्टीलाई सवल, सुदृढ र एकताबद्ध बनाएर राजनीति मार्फत देश र जनताको सेवा गर्ने रहको बताएकी छिन् ।
एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो । पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस