२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कसैलाई लाग्यो भन्दैमा मेरो पार्टी सदस्यता फाल्न सक्दैन : विद्या भण्डारी

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज नहुने जिकिर गरेकी छिन् ।

बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई रोक्नेगरी एमालेले गरेको निर्णय वैध र परिपक्व हुन नसक्ने बताएकी छिन् ।

उनले भनिन्, ‘मैले नवीकरण गरिसकेको सदस्यता हुलहुज्जत र उत्तेजनाको भरमा खारेज हुँदैन । यसको पनि प्रक्रिया हुन्छ । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्छ भन्ने मलाई लाग्दैन ।’

उनले यी सबै कुराहरू भावनामा बगेर नबोलेको पनि पत्रकार सम्मेलनको क्रममा स्पष्ट पारिन् । सबैलाई छोटकरीमा सम्बोधन गर्दै उनले आफू एमालेमै रहेको र सदस्यता यथावत् रहेको दाबी गरिन् ।

एमालेले पार्टी राजनीतिमा आउन रोक लगाएपछि भण्डारीले आयोजना गरेको यो पहिलो पत्रकार सम्मेलन हो ।

पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।

साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट