२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

यी हुन् बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने २१ सांसद्

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । कांग्रेसबाट बागमती प्रदेशका मुख्यमन्त्री बनेका बहादुरसिंह लामालाई पदमुक्त गर्न उनकै पार्टीका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

लामालाई हटाएर कांग्रेसका बहुमत सांसदले इन्द्र बानियाँलाई नयाँ मुख्यमन्त्री बनाउन खोजेका छन् । बानियाँ बागमतीका सभापति पनि हुन् ।

बानियाँले २१ जना सांसदको हस्ताक्षरसहित संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको बताएका छन् । बागमतीमा ३७ जना संसद प्रदेश सरकारमा सहभागी छन् ।

लामाविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र कांग्रेस नेता प्रकाशमान सिंह पक्षधरका सांसदहरू छन् ।

अविश्वासको प्रस्तावमा इन्द्र बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियारका हस्ताक्षर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट