काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ पिरियडमा नेकपा एमालेले नै षड्यन्त्र गरेको प्रष्ट भएको बताएका छन् । शनिबार काठमाडौंको सितापाइलामा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सबै सांसदहरूले कुलिङ पिरियडको अवधिका बारेमा भएका त्रुटी सच्याउन राष्ट्रिय सभामा संशोधन हाल्ने भनेको तर एमालेले राख्न हुन्न भनेपछि त्यसमा कसले षड्यन्त्र गरेको रहेछ भन्ने प्रष्ट भएको उनले बताए ।
अध्यक्ष प्रचण्डले पहिले दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा संशोधन हाल्ने भनेर सबैले भनेको तर अहिले त्यो राख्न हुन्न भनेर बिरालोले अन्तिममा म्याऊ गरिछाड्यो भनेजस्तै एमालेले म्याऊ गरी छाडेको उनले बताए । त्यसकारण यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उनले बताए ।
शंकाको सुई प्रधानमन्त्रीतिर सोझिएको भन्दै छानबिनको दायरामा प्रधानमन्त्री स्वयं आउनुपर्ने उनले अध्यक्ष प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस