२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रचण्ड नेपाली राजनीतिको ‘ब्राण्ड’ हुन् : वर्षमान पुन

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली राजनीतिको ‘ब्राण्ड’ भनेका छन् । शनिबार अखिल क्रान्तिकारीले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पुनले प्रचण्डले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको पनि बताए ।

उनले प्रचण्डको ब्राण्ड भ्यालु राम्रो रहेको बताए । उनले भने, ‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौँ ।’

पुनले प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताउँदै समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको समेत बताए ।

उनले अन्य दलको तुलतामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरु असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे ।

साथै, उनले कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर माओवादीले आफूलाई सच्याउनुपर्ने समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट