२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठान्यो, यसको नजिता भोग्नु पर्नेछ : स्वर्णिम वाग्ले

शनिवार , श्रावण १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै उनले सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको भन्दै अब छिटै ठुला दलले त्यसको नजिता भोग्ने चेतावनी समेत दिए ।

वाग्लेले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे । उनले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनेको बताए ।

समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद भएको उनको भनाइ छ । सुशासन कायम गर्छौँ भनेर बनेको वर्तमान सरकारको हरेक दिन काण्डै काण्ड आउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट