काठमाडौं । नेकपा एकीकृत सामाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त बनाउँदा नेकपा विभाजित हुन पुगेको बताएका छन् ।
लोकृष्ण भट्टराईद्वारा लिखित पुस्तक ‘निर्वासन’ को लोकार्पण कार्यक्रममा शनिबार बोल्दै उनले मार्क्सवाद र लेनीनवादलाई मार्गदर्शक सिद्धान्त बनाउनुपर्नेमा जबजलाई मार्गदर्शक सिद्धान्त बनाउँदा नेकपा विभाजित हुन पुगेको बताएका हुन् ।
उनले जबजलाई मार्गदर्शक सिद्धान्त बनाउने कुरा घोर दक्षिणपन्थी कुरा भएको बताए ।
उनले कम्युनिस्ट पार्टी एकताबद्ध बनाउने अभियानअन्तर्गत तत्कालीन नेकपा निर्माण गर्दा दक्षिणपन्थी भड्काउतिर लागेकाले कम्युनिस्ट आन्दोलन बिस्तारै विभाजनतर्फ गएको बताए ।
अहिले झन हामी सङ्कटपूर्ण अवस्थामा पुगेको र २४–२५ वटा समूह सिर्जना भएको बताउँदै उनले यसमा नयाँ ढङ्गले वैचारिक, राजनीतक, सैद्धान्तिक र सङ्गठनात्मक पुनर्गठन हुनुपर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस