काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।
सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध राखेको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ ।
यस अभियान अन्र्तगत स्वतन्त्र सांसद सिंहले बनस्थलीस्थित घण्टीघरमै पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।
सांसद सिंहले रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्रै भएको भन्दै ठूला दलहरूले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण मात्रै बोकाएको आरोपसमेत लगाए ।
गत बिहिबारसम्मको तथ्यांक अनुसार रविको पक्षमा २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस