२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा मन्त्री न्यौपानेको जोड

आइतवार , श्रावण ११, २०८२

दमौली (तनहुँ) । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो प्राथमिकता भएकाले सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आज आयोजित सरकारी कार्यालयका प्रमुखहरूसँगको भेटवार्तामा मन्त्री न्यौपानेले जनताले सेवा पाउने विषयमा दुःख र सास्ती व्योहोर्न नहुने धारणा राखिन् ।

उनले पादर्शी ढङ्गले सुशासन कायम गर्दै जनतालाई काम सहज सेवा प्रवाह गर्न यहाँस्थित कार्यालयका प्रमुखलाई निर्देशन दिइन् ।

सरकारी कार्यालयमा सेवा लिन जाँदा नेतालाई भन्नुपर्छ भन्ने मनोभाव जनतामा रहेको उल्लेख गर्दै उनले भनिन्, “काम गर्दा कसैलाई भन्नुपर्दैन, कानुनले निर्दिष्ट गरेका काम सहज रूपमा हुन्छन् भन्ने आभास दिनेगरी काम गर्नुपर्छ ।”

मन्त्री न्यौपानेले आफूले कहिल्यै पनि पदको दुरुपयोग नगरेको र भविष्यमा पनि नगर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, “कानुन विपरितका काम नगरेपछि कुनै त्रासमा बस्नुपर्दैन, कानुन बमोजिमका काम गर्न र जनतालाई सहज सेवा दिन सबै लाग्नुपर्छ ।”

मन्त्री न्यौपानले कर्मचारीतन्त्र देश विकासको मेरुदण्ड भएकाले कर्मचारीलाई उत्साहित बनाएर काम गर्ने सरकारको दायित्व रहेको बताइन् । सङ्घीयतालाई सुदृढ बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले कर्मचारीको समस्या समाधानका लागि सरकार गम्भीर धारणा राखिन् ।

सङ्घीय निजामती ऐन संसद्को चालु अधिवेशनबाट पारित हुने जनाउँदै मन्त्री न्यौपानेले ऐन आएपछि कर्मचारीका अधिकांश समस्या सम्बोधन हुने बताइन् ।

त्यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जिल्लाका समस्या र सेवा प्रवाहबारे जानकारी गराए । उनले प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चापका कारण इलाका प्रशासन कार्यालय आवश्यक रहेको बताउँदै त्यसका लागि प्रक्रियामा गइसकेकाले सहजीकरणका लागि मन्त्री न्यौपानेको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट