२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएको छ : मन्त्री दाहाल

आइतवार , श्रावण ११, २०८२

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० वर्षको अवधिमा मुलुकको अवस्थामा आमूल परिर्वन देखिएको बताएका छन् ।

सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रद्वारा आज ललितपुरमा आयोजित सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रममा मन्त्री दाहालले १० वर्षअघिको नेपाल र अहिलेको नेपालमा उल्लेखनीय रुपमा सकारात्मक परिवर्तन देखिएको बताए ।

मन्त्री दाहालले भने, “सबैले खाना पाउनु, सबैले लगाउन पाउनुपर्ने समाजको परिकल्पना गरिएको हो । त्यसअनुरूप अहिले देशको विभिन्न भागमा पूर्वाधार विकास भइरहेको छ । पहिला बाटो नपुगेका ठाउँमा अहिले बाटो पुगेको छ, पुलहरू बनिरहेका छन् । विकासका दृश्यहरू विस्तारै देखिँदैछन् ।”

सिद्धिश्रमान अक्षलोक साहित्य केन्द्रलाई धन्यवाद दिँदै मन्त्री दाहालले लामो समयदेखि शिक्षण पेसा तथा अक्षलोक साहित्यिक पत्रिका प्रकाशनमार्फत समाजमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सिद्धिश्रमान श्रेष्ठको स्मृतिमा आयोजना गरिएको सम्मान अर्पण र पुरस्कार समर्पण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।

उनले भने, “प्रगतिवादी साहित्यमा सधैँ रुचि राख्ने र सामाजिक रूपान्तरणमा सिद्धिश्रमानको महत्वपूर्ण भूमिकाप्रति म सम्मान व्यक्त गर्न चाहन्छु । उहाँको स्मृतिमा प्रतिभाशाली व्यक्तिहरूलाई सम्मान गर्ने कार्य अत्यन्त सान्दर्भिक छ । यस कार्यलाई अझ निरन्तरता दिइनेछ भन्ने विश्वास छ ।”

कार्यक्रममा सिद्धिश्रमान अक्षलोक साहित्यिक पत्रिकाको पूर्णाङ्क ६८औँ लोकार्पण गरिएको थियो । साथै, साहित्यकार सिद्धिश्रमानको सम्झनामा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

सिद्धिश्रमान–चन्द्र विष्णु अन्तरराष्ट्रिय सामाजिक योगदान पुरस्कार बेल्जियमका नागरिक ई–रोजर दग्रुनलाई प्रदान गरिएको छ भने सिद्धिश्रमान–महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार प्रा डा भानु चन्द्र बज्राचार्यलाई प्रदान गरिएको छ ।

त्यसैगरी, सिद्धिश्रमान–मिलन मुक्ति आजीवन साहित्य साधना पुरस्कार लालबहादुर भुजेल, सिद्धिश्रमान–विष्णुकुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार निष्ठा कायस्थ, सिद्धिश्रमान–सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य साधना सम्मान पुरस्कार डा भगवान् कोइराला, सिद्धिश्रमान–सर्वोत्कृष्ट शताब्दी साहित्य साधना सम्मान पुरस्कार राम विनय, सिद्धिश्रमान–नेपाल भाषा सम्झ्या पुरस्कार नरेन्द्रबहादुर श्रेष्ठलगायत अन्य विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई पनि विभिन्न पुरस्कार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट