काठमाडौं । सुन्दरीजलमा फसेका पाँचजनालाई नेपाली सेनाले उद्धार गरेको छ । बोल बम यात्रा गर्न सुन्दरीजल पुगेका चार भारतीय र एक नेपाली नागरिकलाई सेनाले उद्धार गरेको हो ।
बिहान साढे २ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक नुहाउने क्रममा एकासी खोलाको बहाव बढेपछि उनीहरु खोलाको बीचमा फसेका थिए ।
पानीको बहाब नघटेपछि उनीहरुलाई चन्दननाथ गणबाट खटिएका सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस