२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

'मर्मत तालिकालाई लोडसेडिङ' भनिएपछि वास्तविकता बुझ्न चितवन पुगे हितेन्द्र

सोमवार , श्रावण १२, २०८२

चितवन । चितवनमा विद्युत आपूर्तिमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आज चितवन पुगेका छन्। चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन शाक्य चितवन पुगेका हुन् ।

विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै व्यापक आलोचना भएपछि शाक्य आफैँ चितवन पुगेका हुन् । शाक्य भरतपुरको अवस्थाका बारेमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्ने छन् ।

हर्दी सबस्टेशनमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ । हर्दी सबस्टेशनबाट २४ एमभीएको ट्रान्सफर्मर जडानपछि पूर्वी चितवनको सबै जसो ठाँउमा विद्युत सप्लाई हुने प्राधिकरणले जनाएको छ ।

चितवनमा पछिल्लो समयमा गर्मी बढेसँगै पूर्वी चितवनको टाँडी, खैरहनी, राप्ती तथा माडी र पश्चिम चितवनमा विद्युत आपूर्तिमा समस्या हुँदै आएको छ ।

भरतपुरको चनौली सबस्टेशनले विद्युत आपूर्ति कटौतीसम्बन्धी सूचना शनिबार जारी गरेपछि प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना हुँदै आएको छ ।

चितवनमा देखिएको विद्युत समस्या मंगलबारसम्म समाधान हुने प्राधिकरणले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट