२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

महिला सांसद समन्वय समिति गठनका लागि परराष्ट्रमन्त्रीसमक्ष आग्रह

सोमवार , श्रावण १२, २०८२

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासमक्ष आग्रह गरेका छन् ।

प्रमुख राजनीतिक दलका सचेतकसहितका महिला सांसदहरुले आज मन्त्री राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवम् सहयोग गर्न आग्रह गरेका हुन् । प्रतिनिधिसभा नियमावलीमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने गरी महिलाको एक समितिका रुपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसद्लाई दबाब दिन उनीहरुले सो आग्रह गरेका हुन् ।

सो भेट तथा अन्तरक्रियामा प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक सुशिला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रुपा सोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवम् पूर्वमन्त्री रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराईलगायत अन्य सांसद पनि थिए ।

सो भेटघाटमा मन्त्री राणाले विगतमा पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसद एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा सो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

उनले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद् रहेको बताउँदै महिला समन्वय समिति गठनका लागि संसद्मा सबै दलका महिला सांसदको ऐक्यबद्धता आवश्यक रहेको बताइन् । सो समिति गठनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उनले जनाइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट