काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार उनीहरूबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
उनीहरुबीच आइतबार साँझ पनि भेटवार्ता भएको थियो ।
भेटका क्रममा उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ । त्यस्तै, समाजवादी मोर्चाबारे छलफल भएको छ ।
उनीहरुबीचको भेटवार्ताका अन्य विषयहरू भने खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस