२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बागमतीका मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाइयो

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् ।

पार्टीका प्रदेशसभा सदस्य इन्द्र बानियाँको नेतृत्वमा दर्ता अविश्वास प्रस्तावका पक्षमा २२ र लामाको पक्षमा १५ मत परेको सांसद मीना पराजुलीले जानकारी दिइन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका हुन् ।

मंगलबार मकवानपुरको हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा लामालाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरिएको हो । योसँगै अब संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरिने बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट