२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

ओलीको स्वागत गर्न हिडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्रीका गाडी एक आपसमा ठोक्किएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी कैलालीको चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

सो क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् । घटना दिउँसो १ बजे घटेको हो ।

कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा क्षति भएको छ । दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट