२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बागमती प्रदेशमा कांग्रेसले संसदीय दलको नेता चयन गर्दै

बुधवार , श्रावण १४, २०८२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव गरेर हटाएपछि आज नयाँ संसदीय दलको नेता चयन गर्न लागिएको हो ।

लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत परेको थियो। अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए ।

नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो । हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो ।

निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ । मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ । त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट