२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । बिहीबार प्रधानमन्त्री ओलीसहित एमाले र कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा छलफल भएको हो ।

छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् भने कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक छन् ।

उनीहरूबीच मन्त्रिपरिषद हेरफेर, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भइरहेको जनाइएको छ । त्यस्तै, मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट