काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।
छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ ।
शुक्रबारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध सार्वजनिक रूपमै छताछुल्ल भएको छ । अन्तरविरोधबिच शुक्रबारबाट सुरु भएको स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस