२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको चर्चाबारे कानूनमन्त्रीसँग जवाफ माग

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएकोबारे कानूनमन्त्री अजयकुमार चौरासियासँग जवाफ माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्री चौरासियाको ध्यानाकर्षण गराएकी हुन् ।

अहिले सरकारले बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको भन्दै चर्चा भइरहेको छ । सोहि विषयमा बरालले कानूनमन्त्री चौरासियासँग जवाफ मागेकी हुन् ।

उनले बहुविवाह नेपाली समाजमा असामाजिक र गैरकानूनी विषय भएको उनले बताइन् । उनले यो संवेदनशील र गम्भीर विषय भएको भन्दै अहिले चर्चामा आएको वास्तविकता के हो भन्दै कानूनमन्त्रीलाई प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट