२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आरक्ष क्षेत्र विस्तारमा विस्थापित भएकाहरुको आवश्यकता पूरा गर्न सांसद् लामाको माग

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा एमालेका सांसद् तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका नागरिकहरुको न्यूनतम आवश्यकता छिटोभन्दा छिटो पूरा गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विस्थापित नागरिकले कष्टकर जीवन बिताइरहेकाले छिटो भन्दा छिटो मानवीय आवश्यकता पूरा गरेर दीर्घकालिन समाधनको लागि नेपाल सरकारसँग अनुरोध गरे ।

विसं. २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका नागरिकहरुको पुनस्थापनाका लागि सरकारले हालसम्म ३२ वटा आयोग गठन गर्दा पनि समस्या समाधान हुन नसकेको उनले स्मरण गराए ।

विस्थापित परिवारहरु कञ्चनपुरको ढक्का शिविरसहित अन्य शिविरहरुमा अत्यन्त कष्टकर बिताउन बाध्य भएका छन् ।

त्यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ अन्तर्गत मध्यवर्ति क्षेत्र अन्तर्गत महाकाली ,चौधर नदी लगायतबाट नदीजन्य पदार्थ ननिकाल्दा सतह बढ्न गई जोखिम बढेको प्रति पनि सांसद् तामाङले सरकारको ध्यानाकर्षण गराए ।

बिगत ३/४ वर्ष देखि नदीजन्य पदार्थ ननिकालिएको जानकारी गराउँदै यथाशाक्य निकाल्ने व्यवस्था गर्न उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट