२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

पार्टीलाई एकताबद्ध बनाउने विषयमा सामूहिक प्रतिबद्धता गरेका छौँ : प्रचण्ड

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीलाई एकताबद्ध बनाउने विषयमा सामूहिक प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।

सोमबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने चुनौती पछिल्लो समय देखिएको तर स्थायी कमिटी बैठकबाट त्यो चुनौतीलाई पूरा गर्दै पार्टी एकताबद्ध बनाएको बताएका हुन्।

‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ ।’

उनले सबैखाले गुटबन्दी अन्त्य गर्ने संकल्प लिएको पनि बताएका छन् । उनले भनेका छन्, ‘अब देखि हामी अझ सुदृढ एकताका साथ, सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौँ। सामूहिक प्रतिबद्धता गरेका छौँ ।'

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट