२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

पार्टीभित्रका गुट र स्वार्थ समूह विघटन गर्ने माओवादीको सङ्कल्प

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीभित्र देखिएको गुट÷उपगुट र स्वार्थ समूह विघटन गर्ने सङ्कल्प र प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न भएको स्थायी समिति बैठकले पार्टी निर्णयविपरीतका गतिविधि गर्ने नेता कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“पार्टीभित्रको गुट उपगुटको बारेमा अनुगमन गर्न तल्ला कमिटीसम्म विभिन्न समिति बनाउने निर्णय भएको छ”, प्रवक्ता सापकोटाले भने, “बैठकले पार्टीको शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको छ ।”

पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आचारसंहिता र नियमावली निर्माण गर्ने तथा पार्टीलाई विधि पद्धति र प्रक्रियामा सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए । पार्टीका उपमहासचिव जनार्दन शर्माले स्थायी समितिको निर्णयलाई महसुस गरेको र बैठकको निर्णयमा हस्ताक्षर गर्न सहमत भएको उनले जानकारी दिए ।

बैठकले दशैँ र तिहारको बीचमा केन्द्रीय समिति बैठक आह्वान गर्ने, पोखरामा पुगेर रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ १५ गतेदेखि सुरू गरेर ताप्लेजुङसम्म पुर्‍याउने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

चन्द नेतृत्वको नेकपासँग एकता

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । “दुवै पार्टीले एकता गर्ने निर्णय गरिसकेका छन् अब छिट्टै एकता हुन्छ”, प्रवक्ता सापकोटाले भने, “अन्य माओवादी धारसँग पनि एकताको प्रयास भइरहेको छ ।” उनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसँग पनि एकताको बारेमा छलफल भइरहेको जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट