२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

सोमवार , श्रावण १९, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी, पछौटेपन, सामाजिक विभेदको अन्त्य गरी समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज आयोजित कार्यक्रममा उनले सामाजिक न्याय, समानता, न्यायोचित वितरण प्रणालीका आधारमा आर्थिक विकासका अवसरका लागि समाजवादी व्यवस्था उपयुक्त रहेको बताए ।

अध्यक्ष नेपालले मुलुकको आर्थिक प्रगति र जनताको समृद्धिका लागि लैङ्गिक हिंसा, अन्याय, अत्याचार, विषमता सामाजिक रुपान्तरणका बाधक रहेकाले त्यसको अन्त्य गरी असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिए । उनले समाजवादी क्रान्तिलाई पूरा गर्न कम्युनिष्ट पार्टीका भूमिकाबारे प्रकाश पार्दै सङ्गठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आर्थिक पारदर्शितामा जोड दिए ।

सो अवसरमा काठमाडौँका विभिन्न विद्यालयबाट हालै एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट