काठमाडौं । संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।
नयाँ वानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको कार्यक्रममा समिति सभापति जीवन परियारले १०१ पृष्ठको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन् ।
सभापति परियारले सर्वसम्मत रूपमा तयार पारिएको प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइएको जानकारी दिए । समितिमा लामो छलफलपछि आज बिहान प्रतिवेदन पारित भएको हो ।
उक्त प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस