२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

यी दुई दलले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति नगरिएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि आफ्नो भनाई राखेर दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन् ।

उनीहरुले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबन्दासम्म विरोध गरिरहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट