काठमाडौं । कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् ।
गत असार २३ गते संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।
समितिलाई पहिला २१ दिन समय दिइएको थियो । पछि ७ दिन थपिएको थियो ।
प्रतिवेदनमा ६ परिच्छेद र ४ अनुसूची समावेश गरिएको सभापति परियारले जानकारी दिए ।
राज्य व्यवस्था समितिले विधेयक पारित गर्दा सरकारी सेवाका कर्मचारीलाई दुई वर्ष कुलिङ अफ पिरियडको व्यवस्था राख्नेमा सहमति भएको पाइएको सभापति परियारले बताए ।
सोहीअनुसार निष्कर्ष निकालेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस