काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारविरुद्ध सत्याग्रहमा उत्रिने चेतावनी दिएका छन् ।
उनले बुधबार प्रतिनिधिसभाको बैठकमा बबई भादा औरही नदी नियन्त्रण आयोजनाको कार्यालय बर्दियाबाट डडेल्धुरामा सारिएको विरोधमा सत्याग्रहमा उत्रिने बताएका हुन् ।
‘अन्याय भयो सभामुख महोदय, सरकार सुन्दा पनि सुन्दैन, देख्दा पनि देखेन । बर्दियामा भएको बबई भादा ओरही नदी नियन्त्रण आयोजना बर्दियाबाट सुटुक्क डडेलधुरा पु-याइयो ।’ उनले भने, ‘मैले बारम्बार भनेँ। सरकार सुन्दैन। यो के गर्न खोजेकोरु सरकारले सुन्दैन भने म अब आफ्नै सरकारविरुद्ध सत्याग्रहमा उत्रिन्छु। यो मेरो घोषणा भयो ।’
बर्दियामा २६ प्रतिशत काम बाँकी रहँदा आयोजनाको कार्यालय स्थानान्तरण गरिएको हो।
प्रतिक्रिया दिनुहोस