२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

माओवादीका कारण व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको हो : अध्यक्ष दाहाल

बुधवार , श्रावण २१, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित ‘एमसिसी’ पारित भएको बताएका छन् ।

निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन गर्दै उनले व्याख्यात्मक टिप्पणीसहित पारित भएकाले ‘एमसिसी’ नेपालका पक्षमा रहेको बताए ।

अध्यक्ष दाहालले भने, “जनताका अगाडि सर्वसम्मतरुपमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको छ, त्यो आफैँमा राष्ट्रिय स्वाधिनताका लागि आन्दोलन गर्ने ढोका बनेको छ, माओवादीले छाडेर हिँड्दा जस्ताको तस्तै पास हुने अवस्था थियो, त्यसो हुन दिएनौँ । अब त्यसमा बोल्ने ठाउँ रहेको छ ।”

उनले अन्तरराष्ट्रिय कानुनका ज्ञाताबाट प्राप्त सुझावसहित भियना ‘कन्भेन्सन’का आधारमा केही बोल्ने ठाउँ रहने जानकारी प्राप्त भएपछि माओवादी केन्द्रको जोडवलमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित भएको स्पष्ट गरे ।

अध्यक्ष दाहालले ‘एमसिसी’का पक्ष र विपक्षमा वकालत गर्नेहरूका लागि विमोचित पुस्तक पठनीय सामग्री भएको बताए ।

माओवादी केन्द्रका नेता एवं पुस्तकका लेखक पोखरेलले आफ्नो पार्टीले बाध्यात्मक परिस्थितिमा व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गरेको जानकारी दिँदै सुरक्षा चुनौतीसहित समग्र पक्षलाई समेटेर पुस्तक तयार पारेको जानकारी दिए ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवं माओवादी केन्द्रका नेता दीनानाथ शर्माले ‘एमसिसी’का बारेमा बुझ्न चाहने पाठकका लागि पुस्तक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट