काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार स्थिर भएको छ।
बुधबार सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सोही मूल्यमा नै सुनको कारोबार भइरहेको छ ।
चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँ बढेको छ। बिहीबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेर प्रतितोला २ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस