२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रुपन्देही–३ मा उम्मेदवार हुन रास्वपामा ९ जनाको आवदेन (सूची)

बिहिवार , श्रावण २२, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार सूची सार्वजनिक गरेको हो ।

रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएका छन् ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् ।

साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने रास्वपाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट