काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई भेटेका छन् । उनले बिहीबार जिल्ला कारागार भैरहवा पुगेर लामिछानेलाई भेटेका हुन् ।
सभापति लामिछानेलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लामिछानेलाई सूचनाको हकबाट समेत बन्चित राखिएको बताए ।
भट्टराईले भने, ‘पत्रपत्रिकाहरु ल्याएर हेर्न पनि दिइँदो रहेनछ । त्यो त हामी पन्चायतको पालामा पनि पढ्ने गथ्र्यौँ । कमसेकम सुचनाबाट बन्चित गर्नू हुँदैन थियो ।’
भट्टराईले लामिछानेलाई जमानतमा बाहिरै रहेर मुद्दा लड्ने सुविधा दिनुपर्ने बताए ।
उनले जनताको प्रतिनिधिको रुपमा रहेको मान्छे भागेर पनि सुख पाउने भन्दै उनलाई जमानतमा बाहिरै रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्ने बताए ।
भट्टराईले मानवीय, वैकल्पिक राजनीतिक दलको हिसाबले ऐक्यबद्धता जनाउन रविलाई भेट्न आएको समेत स्पष्ट पारे । उनले अहिले नै लामिछानेलाई दोषी करार गर्न नमिल्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस