काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामहरि खतिवडालाई संसद्को राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार नभएको बताएका छन् ।
बिहीबार अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सङ्घीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि ‘नैतिक रूपमा खतिवडालाई राज्य व्यवस्था समितिको सभापति पदमा बस्ने अधिकार नभएको बताए ।
प्रचण्डले राजीनामा दिएर राजनीति सुरक्षित गर्न खतिवडालाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस