२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

पार्टी नेताका छोराछोरीले सार्वजनिक विद्यालयमा पढ्नुपर्ने निर्णय गर्दै माओवादी

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सबै नेताका छोराछोरी स्वदेशमा नै अध्ययन गर्नुपर्ने अनिवार्य गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् ।

बिहीबार काठमाडौं अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादका क्रममा प्रचण्डले पार्टीले यस्तो निर्णय गर्ने तयारी भइरहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘म पार्टीको सबैभन्दा ठुलो अध्यक्ष । मेरा छोराछोरी विदेश पढ्न गएका छैनन् । अहिले पनि हामीले पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ ।’

साथै, उनले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप समेत लगाएका छन्।

प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट