२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने

शनिवार , श्रावण २४, २०८२

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान आइतबार कैलालीमा हुन लागेको छ । तराई मधेशकेन्द्रित ७ दलिय मोर्चाले देशका विभिन्न ८ स्थानमा गर्ने भनि निर्धारण गरेको जनजागरण अभियान आइतबार कैलालीमा गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

मोर्चाको जनजागरण अभियानले समसामयिक राजनीतिक अवस्था, मोर्चा गठनको आवश्यक्ता र औचित्यबारे प्रकाश पार्ने उद्देश्य लिएको छ ।

कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ । मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट