काठमाडौं । टोखा प्याब्सनको आयोजनामा अन्तरविद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता नेपाली र अङ्ग्रेजी गरी दुई विधामा आयोजना गरिएको थियो।
नेपाली बक्तृत्वमा ग्रिनल्याण्ड सेकेन्डरी स्कुलकी स्नेहा बस्याल प्रथम, पृथ्वी सेकेन्डरी स्कुलकी आरोही प्याकुरेल द्वितीय र काठमाडौं ग्लोबल स्कुलकी सुवासा पौडेल तृतीय भएका थिए। अङ्ग्रेजी बक्तृत्वमा काठमाडौं युरो स्कुलकी प्राश्ना घले प्रथम, नेपाल मोडल स्कुलकी सुवेक्षा तामाङ द्वितीय तथा काठमाडौं ग्लोबल स्कुलकी समिका भट्टराई तृतीय भएका थिए।
कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जीवनमा सफल हुन विद्यार्थीहरूले आवश्यक सीप, परिश्रम र लगनशीलत हुनुपर्ने धारणा राखे । प्याब्सनका उपाध्यक्ष थकिन कुमार गुरुङले बक्तृत्वकलाले विद्यार्थीलाई थप निखार्ने भएकोले यसको आवश्यकता भएको बताए।
कार्यक्रममा टोखा शिक्षा शाखाका अधिकृत खगेन्द्र सिंह धामी र टोखा प्याब्सनका अध्यक्ष अरुण कुमार केसीले बक्तृत्वकलाले विद्यार्थीहरुमा बोल्ने क्षमताको विकास हुने बताए ।
कुल २१ विद्यालयका ६५ विद्यार्थी सहभागी उक्त प्रतियोगितामा नेपाली बक्तृत्वतर्फ २७ र अङ्ग्रेजी बक्तृत्वतर्फ ३८ जना प्रतिस्पर्धी थिए।
नेपाली बक्तृत्वकला तर्फ लेखक तथा साहित्यकार हरिहर तिमील्सिना र शिक्षिका शान्ता देवकोटा निर्णायक थिए भने अङ्ग्रेजी तर्फ अङ्ग्रेजी भाषा विज्ञ सौगात फुँयाल र रेम कान्त पाठक निर्णायक थिए।
प्रतिक्रिया दिनुहोस