२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

आइतवार , श्रावण २५, २०८२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न प्रदेशसभाको यही साउन २७ गते मङ्गलबार दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ ।

उक्त बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ ।

बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ । प्रदेश सदस्यहरु श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा नेपाली कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् ।

बैठकले तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । सो समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट