२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

श्रीकृष्ण जन्माष्टमीमा विराटनगरमा विविध कार्यक्रम, १५ हजारभन्दा बढीको सहभागिता हुने अनुमान

आइतवार , श्रावण २५, २०८२

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमीको अवसरमा यस वर्ष पनि भव्य धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम आयोजना गर्ने भएको छ । २०७९ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रममा यस पटक १५ हजारभन्दा बढी भक्तजनको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

महोत्सव साउन ३१ गते बिहान ५ बजेदेखि मध्यराति १ बजेसम्म सञ्चालन हुनेछ । बिहान मङ्गल आरती र सामूहिक जपबाट सुरु हुने कार्यक्रममा दिनभर विविध धार्मिक अनुष्ठान, दर्शन आरती, गुरु पूजा, श्रकिृष्ण कथा, महानरसिंह यक्ष, अन्तरविद्यालय स्तरीय चित्रकला प्रतियोगिता, अभिषेक, बालकृष्ण शृङ्गार प्रदर्शन, अन्तरविद्यालय नृत्य प्रतियोगिता, मड्की फोड प्रतियोगिता, विविध साँसकृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन, सन्ध्या आरती, कीर्तन र श्रीकृष्ण जन्म उत्सव एवम् महाअभिषेक लगायतका कार्यक्रम हुने इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले जानकारी दिए ।

मोरङ जिल्लाका सामुदायिक र संस्थागत विद्यालयबाट नृत्य प्रतियोगितामा सहभागि भएर प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, १५ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै चित्रकला प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने सचिव जोशीले बताए ।

इस्कोनका सचिव जोशीका अनुसार कार्यक्रमको उद्देश्य धर्म, संस्कृति र आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्नुका साथै सदाचार, नैतिकता र एकताको सन्देश फैलाउनु हो । “हामी विशेष गरी युवापुस्तालाई संस्कार, अनुशासन र सेवा भावमा प्रेरित गर्न चाहन्छौं,” उनले भने ।

महोत्सवमा इस्कोनका आध्यात्मिक गुरु, नेपाल, भारत, बेलायतका प्रमुख धार्मिक व्यक्तित्व, भजन–कीर्तन कलाकार तथा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता रहने जनाईएको छ । कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्ट सहित राजनीतिक र प्रशासनिक नेतृत्वका व्यक्तित्वहरुको पनि सहभागिता रहने इस्कोन विराटनगरले जनाएको छ ।

आयोजकका अनुसार, कार्यक्रमले धार्मिक पर्यटन प्रवद्र्धनसँगै विराटनगरको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट