२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेता झलनाथ खनाल भेट्न उनकै निवास पुगे नारायणकाजी

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट गरेका छन् ।

उपाध्यक्ष श्रेष्ठ नेता खनाललाई भेट गर्न डल्लुस्थित खनाल निवासमा पुगेका हुन् । अहिले दुई नेताबीच भेटवार्ता भइरहेको छ ।

दुई नेताबीच नेपालको वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताको औचित्यलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

श्रेष्ठले यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग भेट गरेका थिए । त्यस्तै, उनले शुक्रबारमात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग छलफल गरेका थिए ।

पछिल्लो समय उनले राजनीतिक भेटघाटको क्रमलाई बढाएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट