२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

भोलि चन्द्रागिरी भालेश्वर मन्दिरमा महाआरती, केवलकार टिकट ४०० रुपैँया मात्र

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । भोलि अर्थात् साउन २६ गते साउन महिनाको अन्तिम सोमबार चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती हुने भएको छ।

महाआरतीलाई मध्यनजर गर्दै चन्द्रागिरी हिल्सले विशेष टिकट अफर समेत सार्वजनिक गरेको छ। सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि मात्र ४ सय रुपैयाँमा टिकट उपलब्ध गराउने भएको छ ।

साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको हो।

कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ भने साँझ ६ः३० बजेपछि विशेष महाआरतीको आयोजना गरिएको छ ।

यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ ।

भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट