२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

लुम्बिनी केवलकार चढ्ने भारतीय पर्यटकको संख्या १ सय १८ प्रतिशतले बढ्यो

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । लुम्बिनी केवलकार चढ्ने भारतीय पर्यटकको संख्या अघिल्लो वर्ष भन्दा १ सय १८ प्रतिशतले वृद्धि भएको छ।

भारतबाट नेपाल घुम्न आउने पर्यटक मध्ये अघिल्लो आर्थिक वर्षमा मात्रै डेढ लाख भन्दा बढी भारतीय पर्यटकहरु माता कामाख्यादेवी मन्दिर दर्शन गर्न पुगेका थिए ।

भारतको गुवाहाटीमा रहेको कामाख्यादेवी मन्दिरकै शैली र आकृतिमा बनेको यहाँको मन्दिरको दर्शन गरे मनोआकांक्षा पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ।

रुपन्देहीबाट केवलकार चढेर पाल्पामा अवस्थित कामाख्यादेवीको दर्शन गर्न पुगेका भारत युपीदेखि आएका मनिष कुमार प्रजापतिले यहाँ आएपछि फर्किन मन नलाग्ने वातावरण रहेको बताए।

आईएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको लम्बाइ २ दशमलव ६ किलोमिटर छ। समुद्री सतहबाट टप स्टेसन ९ सय ४० मिटरको उचाइमा रहेका कारण बुटवलको उखरमाउलो गर्मी मौसममा बसन्तपुर पुगेर शितलताको आनन्द लिन यो स्थान उपयुक्त छ । कामाख्यादेवीको काखमा शान्ति र आनन्दित प्राप्ति हुने र यहाँको वातावरण नै लोभलाग्दो रहेको अर्का भारतीय पर्यटक एस मिश्रले बताए।

त्यसो त लुम्बिनी केवलकार चढेर बसन्तपुर पुग्ने भारतीय मात्र हैन नेपालीहरुको संख्यामा समेत उलेख्य वृद्धि भएको छ। केवलकारको टप स्टेसनमा रहेको रेस्टुरेन्टका स्वादिष्ट खाना, जीपलाइन, साइकलिङ्गजस्ता एडभेन्चर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न सफल भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट