२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौंमा दक्षिण एसियाली भन्सार अधिकारीहरूको बैठक सुरू, यी हुन् एजेण्डा

सोमवार , श्रावण २६, २०८२

काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रका भन्सार अधिकारीको बैठक काठमाडौंमा सुरु भएको छ।

तीन दिनसम्म चल्ने बैठकमा सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र म्यानमारका भन्सार प्रशासनका उच्च अधिकारी सहभागी छन्।

बैठकको उद्‍घाटन राजस्व सचिव दिनेशकुमार घिमिरेले गरेका हुन् । उद्घाटन समारोहमा उनले सबै सदस्य राष्ट्रहरूबीच सीमापार व्यापारलाई सहज र द्रुत बनाउन ठोस सहकार्य आवश्यक रहेको बताए।

त्यस्तै, उनले भन्सार प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग र समन्वयात्मक सीमा व्यवस्थापनले मात्र व्यापारमा हुने ढिलाइ घटाउन र पारदर्शिता बढाउन सहयोग पुग्ने धारणा राखे।

सासेक भन्सार उपसमूहका अध्यक्ष तथा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बैठकले सदस्य राष्ट्रबीच सीमापार व्यापार, भन्सार प्रक्रिया र यातायात व्यवस्थापनको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

बैठकले सदस्य राष्ट्रहरुबीचका प्रमुख सीमा नाकामा भन्सारसम्बन्धी कागजातहरुको आदान–प्रदान, आयात–निर्यात हुने वस्तुको विवरण सहितको पूर्व सूचना आदान–प्रदान प्रणालीको विकास, इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस)को प्रयोग, सीमा व्यवस्थापन र सीमापार यातायात सहजीकरणलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको बैठकका सदस्य तथा भन्सार विभागका निर्देशक नारायण प्रसाद रेग्मीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट