२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

बिरामी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

सोमवार , श्रावण २६, २०८२

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज बिहान भे१च २२४७ नंको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमा नै मृत्यु भएको हो । अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

भेरी नगरपालिका–१ डौँरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । उकालो जाने क्रममा भित्तामा ठोक्किएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट