२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रवि बसेको कोठाको झ्याल बन्द छ, हिँडडुल गर्न पाएका छैनन् : मानव अधिकार आयोग

सोमवार , श्रावण २६, २०८२

बुटवल । राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको बताएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले सोमबार रूपन्देही कारागारको अनुगमन गरेको हो । अनुगमनपछि आयोगकी आयुक्त लिली थापाले रवी बसेको कारागारमा क्षमताभन्दा बढी कैदी राखेको पाइएको बताइन्।

कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

आयुक्त थापाले कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताएकी छन् । उनले भनिन्, ‘२५० जना कैदी राख्ने क्षमता भएको यस कारागारमा ७०० कैदी राखिएको छ, यो न्यूनतम मानव अधिकारको हनन् भएको विषय हो, हामीले त्यो पायौँ ।’

त्यस्तै, उनले रवि लामिछानेलाई बाहिर हिँडडुल गर्न नदिएको पनि बताइन् । ‘उहाँले अहिलेसम्म घुमफिर (बाहिर हिँडडुल) गर्न पाएको छैन। बाहिर गएर स्वच्छ हावा लिन पाउनुपर्‍यो, पत्रपत्रिका पढ्न पाउनुपर्‍यो, न्युज सुन्न पाउनुपर्‍यो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएकोजस्ता कुरा पनि सुनाउनुभयो।’

आयोगले लामिछानेलाई स्थानान्तरण गर्न रोकिएको सम्वन्धमा गम्भीर चासो व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट