२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

कोरियाली भोजनालय स्थापनार्थ उद्यमशीलता तालिम सम्पन्न

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले उद्यमशीलतासम्बन्धी सीप हासिल गरी कोरियामा रोजगारको अनुभव भएका धेरै नेपाली युवाले स्वदेश फर्केर राम्रो व्यवसाय गर्न सकेको बताएका छन् ।

गणतन्त्र कोरिया सरकारको आर्थिक सहयोगमा कोइका नेपाल तथा एचआरडी कोरियाको समन्वयमा सञ्चालित के–फुड (कोरियाली परिकार) उद्यमशीलता तालिम कार्यक्रमको समापन गर्दै उनले यस प्रशिक्षणमा भाग लिएका प्रशिक्षार्थीहरुलाई नेपालमा नै उद्यमी बनाउन लक्ष्य लिइएको बताए ।

राजदूत पार्कले केही महिनाअघि दूतावासले प्रकाशनमा ल्याएको कोरियाको अनुभवमा आधारित ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ नामक पुस्तकमा समावेश भएका ५० जना सफल उद्यमीको प्रेरणादायी कथाहरुका बारेमा जानकारी गराउँदै नयाँ उद्यमीलाई विभिन्न किसिमका तालिमले मार्गदर्शन गर्ने बारेमा उल्लेख गरे ।

कोइका नेपालका प्रमुख खोङ मुहनले ‘के–हामी परियोजना’मार्फत कोरियामा रोजगारको अनुभव भएका युवा पुस्तालाई विभिन्न प्रशिक्षण तालिममार्फत स्वदेशमा नै उद्यमी बनाउनका लागि ध्यान केन्द्रित गरेको बताउँदै स्थिर दिगो विकासका लागि नेपालसँग हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा श्रम मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले कोरिया सरकारको सहयोगमा सन् २०२२ बाट सञ्चालन भएको उद्यमशीलता तथा पुनःस्थापना कार्यक्रममार्फत धेरै व्यक्तिहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

नेपालमै कोरियाली भोजनालय स्थापना गर्ने उद्देश्यले सञ्चालित प्रशिक्षण कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् । आठ दिनसम्म सञ्चालित सो प्रशिक्षणमा कोरियाबाट आएका भोजनविज्ञले कोरियाली विभिन्न खानाका परिकारहरु बनाउने सीप सिकाएका थिए ।

कोरिया सरकारले कोरियामा रोजगारीको अनुभव भएका युवाहरुलाई लक्षित गरी विभिन्न सहयोगमार्फत दिगो ‘स्टार्टअप इकोसिस्टम’ विस्तार गर्ने जनाएको छ । स्टार्टअपमार्फत रोजगारी सिर्जना भई नेपालको अर्थतन्त्र थप सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट