काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ। निवेदनमाथि सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना रहेको छ ।
यही साउन १९ गते दिएको निवेदनमाथि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भएको हो ।
निवेदन उपर लामिछाने र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सुनुवाइ सकिएको हो। अब लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउनेछ।
सहकारी ठगी, संगठित अपराधको अभियोगमा पुर्पपक्षका लागि रुपन्देही कारगारमा रहेका लामिछानेले साउन १९ गते आफूलाई बिगो बमोजिमको धरौटी बुझेर थुनामुक्त गर्न रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका थिए ।
साउन २० र २१ गते उक्त निवेदनका लागि सुनुवाइ तोकिएको भए पनि निवेदक र प्रतिवादीका कानुन व्यवसायीले स्थगित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस