२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सभामुखद्वारा संघीय निजामती सेवा विधेयक प्रतिवेदन त्रुटिको छानबिन कार्यान्वयनबारे छलफल

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले आज सिंहदरवारस्थित कार्यकक्षमा संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यान्वयनका विषयमा अलग अलग छलफल गरेका छन् ।

सभामुखले सत्तारुढ एमाले मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेका हुन् ।

सभामुखले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताए । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधिन रहेको बताउँदै उनले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे । राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रुपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गरे ।

नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।

सभामुखले गएको शुक्रबार सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए ।

सभामुखले भोलि पनि अलग अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट