२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

मगढी-बालै-पिना सडक अवरुद्ध, खाद्यान्न र औषधि ढुवानीमा समस्या

मंगलवार , श्रावण २७, २०८२

मुगु । बाढीपहिराका कारण गमगढी–बालै–पिना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको झरीपछि पहिरो खसेर करिब दुई महिनादेखि सडक अवरुद्ध भएको हो ।

सडकका विभिन्न भागमा माटो, ढुङ्गा थुप्रिएको छ भने केही स्थानमा सडक भासिएकाले हिँड्न पनि कठिन भएको छ । बाटो बन्द हुँदा स्थानीय वैकल्पिक लामो बाटो प्रयोग गर्न बाध्य भएका छन् । खाद्यान्न र औषधि ढुवानीमा समस्या भएको छ ।

स्थानीयवासी दानबहदुर शाहीका अनुसार जताततै पहिरो खसेको छ । दलदल माटो बगेको छ, मान्छे हिँड्न पनि समस्या छ । अवरुद्ध सडक खुलाउनतर्फ कसैको ध्यान गएको छैन ।

यसैबीच, गमगढी नगरपालिकाका कार्यवाहक प्रमुखले वर्षा रोकिनासाथ पहिरो पन्छाइने बताए । उनले डोजरलगायत उपकरण तयारी अवस्थामा रहेका जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट